९८ दिनपछि खुलेको नेप्सेको साइटमा किन देखियो गडबढी ?

  २०७७ आषाढ़ १५ गते ५:१६       विकासन्युज

काठमाडौं । करिब १०० दिन पछि खुलेको नेप्सेको साइटमा समस्या देखिएको छ । अनलाइन प्रणालीमा सुधार गरेर खोलिएको भनिएको पहिलो दिन अर्थात आज नै नेप्सेको वेभसाइटमा समस्या देखिएको हो ।

सेयर बजारको कारोबार बन्द भइसकेको केहि समयमा ३४ करोड ७७ लाख ७१ हजार ८ सय ३३ रुपैयाँ देखाएको साइटमा पुनः ४८ करोड ५३ लाख १५ हजार ६ सय २७ रुपैयाँ बराबरकाे काराेबार भएकाे देखाएको छ ।

टीएमएसमा देखिएकाे अघिल्लाे डाटा

काराेबार रकममा मात्र नभएर काराेबार भएकाे सेयर संख्या, काराेबार संख्या र कम्पनी संख्या सबैमा भिन्नाभिन्नै डाटा देखिएकाे छ ।

टीएमएसमा देखिएकाे पछिल्लाे डाटा

नेप्सेले भने त्याे प्यानलमा बीचमा केहि समस्या आएका कारणले डाटा अपडेटमा ढिलाइ भएकाे बताएकाे छ ।  साेमबारकाे कूल काराेबार ४८ कराेड ५३ लाख १५ हजार ६ सय २७ रूपैयाँ रहेकाे र अन्य सबै डाटाहरू पछिल्लाे नै सहि रहेकाे नेप्सेले जनाएकाे छ ।

साथै, साेमबारकाे अधिकांश काराेबार अनलाइनबाट नै भएकाे नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताएका छन् ।