पहिलो कारोबारमै पुनर्बीमा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट, प्रतिकित्ता कति ?

  २०७७ आषाढ़ १५ गते ३:४८       विकासन्युज


काठमाडौं । दोश्रो बजारमा पहिलो दिन कारोबार भएको नेपाल पनुर्बीमा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । प्राथमिक बजारमा साधारण सेयर जारी गरेपश्चात नेप्सेमा सेयर सूचीकृत भएसँगै कम्पनीको असार १५ गते(सोमबार)देखि दोश्रो बजारमा कारोबार शुरु भएको हो ।

पहिलो दिन नै कम्पनीको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । प्रतिकित्ता ४ सय २४ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ३ सय ८२ रुपैयाँमा झरेको छ । जुन रुपैयाँको आधारमा ४२ रुपैयाँ घटी हो ।

बजारमा कम्पनीको सेयर किन्नेको भन्दा बेच्नेको चाप देखिएको छ । दिनभरको बजारमा कम्पनीको कूल ३१ हजार ८ सय ९५ कित्ता सेयर बिक्रीमा रहेकाे थियाे भने किन्ने कोहि पनि देखिएनन् ।