सिभिल लघुवित्तको सेयर मूल्य समायोजन

  २०७७ आषाढ़ १५ गते १:११       विकासन्युज


काठमाडौं । आइतबार सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ५ सय ४७ रुपैयाँ तोकिएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार २२ रुपैयाँ रहेको थियो ।