आजबाट सेयर बजार खुल्दै, कारोबार समय घट्यो

  २०७७ आषाढ़ १५ गते १०:३३       विकासन्युज

काठमाडौं । लामो समय बन्द भएको सेयर बजार आजबाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निर्देशन दिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले असार १५ गतेदेखि धितोपत्रको दोश्रो बजार खुलाउने भएको हो ।

नेप्सेले आजदेखि कारोबार सीमा घटाएर अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार सञ्चालन गर्ने भएको छ ।

सर्किट ब्रेकर, मूल्य परिवर्तन सीमा लगायतका अन्य व्यवस्थाहरु भने लकडाउन अघि कै कायम हुने नेप्सेले जनाएको छ ।

जसअनुसार नेप्से दिनमा अधिकतम ६ प्रतिशत घटेमा वा बढेमा सर्किट ब्रेकर लाग्ने छ र साे दिनकाे लागि काराेबार नै स्थगित हुने छ । त्यस्तै, कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले बढेमा वा घटेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुनेछ। त्यसपछि पुनः कारोबार शुरु हुने छ ।