नेपाल पुनर्बीमा कम्पनीको आईपीओ सेयरधनीकाे डिम्याट खातामा, कहिलेदेखि हुन्छ कारोबार ?

  २०७७ ज्येष्ठ १६ गते ८:०७       विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्राथमिक सेयर (आईपीओ) सेयरधनीहरुको हितग्राही(डिम्याट) खातामा जम्मा भएको छ ।

उक्त सेयर शुक्रबार(जेठ १६ गते) मात्रै लगानीकर्ताहरुको डिम्याट खातामा जम्मा गरिएको कम्पनीको सेयर रजिष्ट्रार तथा बिक्री प्रबन्धक आरबीबी मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बद्री प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार सीडीएस एण्ड क्लियरिङले शुक्रबार सबै सेयरधनीहरुको डिम्याट खातामा आईपीओ जम्मा गरिदिएको हो ।

गत चैत २६ गते बाँडफाँट भएको उक्त सेयर जेठ १४ गते नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकरण भएको छ । यससँगै उक्त सेयर अब दोश्रो बजारमा सेयर कारोबार हुने छ ।

बिक्री प्रबन्धक आरबीबी मर्चेण्टका सीईओ प्याकुरेलका अनुसार अब बजार खुलेसँगै पुर्नबीमा कम्पनीको सेयर पनि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

१ अर्ब ६० करोडको आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ ।