लकडाउन थपियो, के होला त सेयर बजार ?

  २०७७ ज्येष्ठ ६ गते ११:३२       विकासन्युज

काठमाडौं । हाल जारी रहेको लकडाउन आगामी जेठ २० गतेसम्मको लागि थपिएको छ । पछिल्लाे समय कोरोनाको महामारीले उग्र रूप लिँदै गएपछि सरकारले जेठ ५ गतेसम्म भनेको लकडाउनको अवधि थपेर जेठ २० गतेसम्म जारी गर्ने निर्णय गरेको हो ।

यससँगै सेयर बजार पनि सो अवधिसम्मको लागि बन्द हुने नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले जनाएको छ । लकडाउनको बीचमा दुई दिन खुलेको सेयर बजार पुनः स्थगित भएको छ । पछिल्लो समय लकडाउनलाई थप कडाईका साथ निरन्तरता दिने सरकारको निर्णयले सेयर बजार बन्द भएको हो ।

साथै, नेप्सेले लकडाउन अवधिभर अर्थात हाललाई जेठ २० गतेसम्म सेयर कारोबार स्थगित गर्ने भएको छ ।