सेयर कारोबार बैशाख ३ गतेसम्म बन्द

  २०७६ चैत्र २५ गते ४:५८       विकासन्युज


काठमाडौं । सेयर बजार २०७७ साल बैशाख ३ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को मंगलबार बसेको बैठकले पुनः चैत २५ गतेदेखि  बैशाख ३ गतेसम्म धिताेपत्रबाट सञ्चालन हुने सम्पुर्ण कारोबार स्थगन गर्ने निर्णय गरेको हो ।

सरकारले लकडाउनको अवधि थपेसँगै नेप्सले पनि बैशाख ३ गतेसम्म धितोपत्र बजार बन्द गर्ने निर्णय गरेकाे हो ।

नेप्सेले यस अघि लकडाउन अवधिभर अर्थात् चैत २५ गतेसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । तर चैत २४ गतेको मन्त्रिपरिसद्को बैठकले पुनः थप एक साताको लागि लकडाउनको अवधि थप गरेसँगै नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो ।

कोभिड-१९को विश्वव्यापी माहामारीको कारणले परिस्थिति असहज भएकाले कारोबार प्रणाली बन्द गर्ने भएको हो । धितोपत्र दलाल व्यवसायी, लगानीकर्ता, बजार सञ्चालक एवं सम्बद्ध सबै पक्षहरुको हितलाई ध्यानमा राख्दै उक्त दिन सम्म कारोबार बन्द गर्न लागिएको नेप्सेका उप प्रबन्धक प्रविन पन्दाकले बताए ।