सेयर बजार २५ गतेसम्म बन्द हुने

  २०७६ चैत्र १७ गते ७:४०       विकासन्युज

काठमाडौं । सेयर बजार आगामी चैत २५ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को सोमबार बसेको बैठकले पुनः १८ गतेदेखि २५ गतेसम्म सेयर कारोबार स्थगन गर्ने निर्णय गरेको हो ।

सरकारले लकडाउनको अवधि थपेसँगै नेप्सले पनि चैत १८ गतेदेखि थप ६ कारोबार दिन अर्थात चैत २५ गतेसम्मको लागि धितोपत्र बजार बन्द गर्ने भएको हो ।

यसअघि नेप्सले चैत १० गतेदेखि ५ कारोबार दिन अर्थात चैत १७ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको थियो ।

कोभिड(१९को विश्वव्यापी माहामारीको कारणले परिस्थिति असहज भएकाले कारोबार प्रणाली बन्द गर्ने भएको हो । धितोपत्र दलाल व्यवसायी, लगानीकर्ता, बजार सञ्चालक एवं सम्बद्ध सबै पक्षहरुको हितलाई ध्यानमा राख्दै उक्त दिन सम्म कारोबार बन्द गर्न लागिएको नेप्सेका उप प्रबन्धक प्रविन पन्दाकले बताए ।