अपि पावरले तोक्यो साधारणसभाको मिति, बोनस र हकप्रद जारी गर्ने विशेष प्रस्ताव

  २०७६ फाल्गुन १८ गते १:४१       विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले आगामी चैत ७ गते १६औं वार्षिक साधारणसभाको मिति तय गरेको छ । साे प्रयाेजनकाे लागि संस्थाले चैत १ गते (शनिबार) बुक क्लोज गर्ने भएकाे छ ।

सभामा कम्पनीले सेयरधनीलाई बोनस सेयर वितरणका साथै हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । जुन बोनसदर कर बाहेकको हो ।

त्यस्तै, सेयरधनीलाई १ बराबर ०.४६७ को अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । जुन रकमको आधारमा ५६ करोड ७० लाख रुपैयाँ हुन आउँछ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ ।