सिभिल लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्ने, पायो बोर्डको अनुमति

  २०७६ फाल्गुन १५ गते २:४१       विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई हालको चुक्ता पुँजीको सो मात्रामा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले अनुमति दिए बमोजिम संस्थाले कूल ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । संस्थाले अंकित मूल्य एक सय रुपैयाँ दरले ११ लाख ४१ हजार एक सय ४० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ ।

संस्थाले चुक्ता पुँजी वृद्धि गर्नको लागि हकप्रद सेयर जारी गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्ने छ ।