मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ती गर्यो

  २०७६ फाल्गुन १४ गते १२:३१       विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गरेको छ । सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

मिर्मिरेले फागुन १३ गतेदेखि लागु हुने गरी नागबेली लघुवित्तलाई प्राप्ति गरेको हो ।

मिर्मिरे लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेपलान्चोकको बनेपा बजारमा रहेको छ । त्यस्तै, नागबेली लघुवित्तको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा रहेको छ ।