अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

  २०७६ फाल्गुन ४ गते १२:४५       विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको प्राथमिक साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै उक्त प्रक्रियालाई अघि बढाएको हो ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरले ३० लाख कित्ता सेयर जारी गर्न लागेको हो । बोर्डले अनुमति दिएसँगै कम्पनीले सो मात्राको सेयर सर्वसाधारणमा जारी गर्ने छ ।

उक्त सेयर निष्काशन गर्न कम्पनीले एनआईबिएल एस क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने भएको छ । कम्पनीले माघ २१ गते मात्रै बोर्डमा सो मात्राको सेयर निष्काशन गर्ने अनुमति मागेको हो ।