शिखर इन्स्योरेन्सको फागुन १३ गते बुक क्लोज

  २०७६ फाल्गुन ४ गते १२:१९       विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको आगामी फागुन १३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सले वार्षिक साधारणसभाबाट पारित भएको ३० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हाल कायम रहेको एक करोड ५ लाख ७३ हजार १०६ कित्ता सेयरको १ः०.३ अनुपातको दरले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड ४७ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड १२ लाख रुपैयाँ नाघ्ने छ ।