सनराइज बैंकसहित दुई बैंकको बोनस सेयर सूचीकृत

  २०७६ माघ २९ गते ६:५५       विकासन्युज

काठमाडौं । बुधबार सनराइज बैंकसहित दुई बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सनराइज बैंक र मुक्तिनाथ विकास बैंकको गरी कूल एक करोड ४६ लाख किता बोनस सेयर थपिएको छ ।

सबैभन्दा बढी सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।