तीन वित्तीय संस्थाका सेयरधनीले कमाए ९ प्रतिशत बढी

  २०७६ माघ २९ गते ३:४०       विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा तीन वित्तीय संस्थाका सेयरधनीले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । सामान्य अंकले बढेको बजारमा सेन्ट्रल फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्था सेयरधनीले ९ प्रतिशत भन्दा बढी कमाएका हुन् ।

जसमध्ये सबैभन्दा बढी सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्य १४ रुपैयाँले बढेर प्रतिकित्ता १५५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.१८ प्रतिशतले र स्पर्श लघुवित्त वित्तीय संस्थाको ९.१४ प्रतिशतले सेयर मूल्य बढेको छ । बुधबार यी दुई संस्थाको सेयर मूल्य क्रमशः ६६ र ८० रुपैयाँले बढेर प्रतिकित्ता ७८५ र ९५५ रुपैयाँ पुगेको छ ।

समग्रमा बुधबारको बजारमा ४.६० प्रतिशतले बढेर १३४५.९७ अंकमा पुगेको छ । बजारमा १७३ कम्पनीको एक अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नागरिक लगानी कोषको ९ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार बैंकिङ्, विकास बैंक र हाइड्रोपावर समूह बाहेक बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ८०.९७ अंकले उकालो लागेको छ ।