लुम्बिनी जनरल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

  २०७६ माघ १४ गते २:१२       विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई १०.२४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले सो मध्ये ९.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४८७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । ९.७५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी साढे ९६ करोड रुपैयाँ नाघ्ने छ ।