हायात होटलको प्रस्तावित नगद लाभांश पारित

  २०७६ माघ ७ गते ४:०५       विकासन्युज

काठमाडौं । तारागाँउ रिजेन्सी होटल(हायात रिजेन्सी काठमाडौं) को प्रस्तावित नगद लाभांश पारित भएको छ । पुस २९ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न होटलको २३औं वार्षिक साधारणसभाले १२.६३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले १२.६३ प्रतिशत नगद लाभांश पाउने भएका छन् । होटलले कर समेत गरी सो मात्राको नगद लाभांश सेयरधनीलाई वितरण गर्ने छ ।

साथै, सभाले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लागि सुन्दर एण्ड कम्पनीका सुन्दर मान श्रेष्ठलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।