विन्ध्यावासिनी हाइड्रोपावरले २५ करोडको आईपीओ जारी गर्ने

  २०७६ माघ ५ गते २:३८       विकासन्युज

काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिई उक्त प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले अंकित मूल्य १०० को दरले २५ लाख कित्ता सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । बोर्डकाे अनुमति पाएपछि कम्पनीले सो मात्राको सेयर जारी गर्ने छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत आईपीओ जारी गर्ने निर्णय गरेकाे छ ।