सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको ७ करोड सेयर नेप्सेमा सूचीकृत

  २०७६ माघ २ गते १:०३       विकासन्युज

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र बलियो बैंक ग्लोबल आईएमईको ७ करोड २० लाख ८७ हजार ०८१ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । जनता बैंक नेपालसँग गाभिई बनेको ठूलो बैंक ग्लोबल आईएमईको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

साविकको जनता बैंकसँग एक आपसमा गाभिई १ः०.८५ को स्वाप रेसियो अनुसार सो मात्राको सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

यस अघि बैंकको ११ करोड ७६ लाख ७१ हजार ७१७ कित्ता सेयर सूचीकृत नेप्सेमा सूचीकृत भएको थियो । बुधबार सूचीकृत भएको ७ करोड २० लाख ८७ हजार ०८१ कित्ता गरी बैंकको हाल कूल १८ करोड ९७ लाख ५८ हजार ७९९ कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।