मंगलबारको शेयर बजारमा करेक्सन, नेप्से ७ अंकले घट्दा कारोबार रकम अर्ब माथि

  २०७६ पौष २९ गते ३:३४       विकासन्युज

काठमाडौं । मंगलबारको शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । छोटो समयमै बढेको बजारमा नाफा बुक गर्नेहरुको हावी हुँदा त्यसको प्रभाव नेप्सेमा देखिएको हो ।

मंगलबारको नेप्से परिसूचक ७.४८ प्रतिशतले घटेर १२६३.३८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५९ प्रतिशत कम हो ।

बजारमा परिसूचकसँगै शेयर कारोबार रकममा पनि गिरावट देखिएको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा कारोबार रकम ७० करोडले घटेको छ । मंगलबारको बजारमा कूल १८३ कम्पनीको एक अर्ब २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसमध्ये प्रभु बैंकको सबैभन्दा बढी अर्थात ११ करोड ४३ लाख रुपैयाँ बराबरको प्रमोटर शेयर किनबेच भएको छ । त्यस्तै, नागरिक लगानी कोषको ७ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, मञ्जुश्री फाइनान्सको शेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता १६९ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार उकालो लागेका जीवन बीमा, निर्जीवन बीमा र हाइड्रोपावर तीन वटै समूह मंगलबार ओरालो लागेका छन् । यी तीन समूह क्रमशः ५१, ४८ र ११ अंकले घटेका छन् । मंगलबार ट्रेडिङ् समूह सबैभन्दा बढी अर्थात ६५ प्रतिशतले बढेको छ ।

साथै, पुस मसान्तलाई रकम जोहो गर्ने क्रममा लगानीकर्ताले शेयर बेच्दा मंगलबारकाे बजारमा करेक्सन देखिएको हो ।