इन्भेष्टमेन्ट बैंकले किन्न लागेको सिटि एक्सप्रेस फाइनान्सको शेयर कारोबार रोक्का

  २०७६ पौष २८ गते १२:५१       विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्त(एक्विजिशन) गर्न लागेको सिटि एक्सप्रेस फाइनान्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । संस्थाको आज(पुस २९ गते)देखि दोश्रो बजारमा शेयर कारोबार बन्द भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटि एक्सप्रेस फाइनान्सले प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएसँगै संस्थाको कारोबार बन्द भएको हो ।