सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

  २०७६ पौष २८ गते १२:३३       विकासन्युज

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । पुस २७ गते सम्पन्न विकास बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ नाघ्ने छ ।