नेप्सेकाे ३८ औं वार्षिक साधारणसभा भोलि, कहाँ र कति बजे बस्दै ?

  २०७६ पौष २८ गते १२:०२       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को ३८ औं वार्षिक साधारणसभा भोलि अर्थात पुस २९ गते बस्दै छ । उक्त सभा मंगलबार बिहान ११ बजे काठमाडौंको युएनआई शान्तिमार्गस्थित नप्सेको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

सभाले नगद लाभांश वितरण तथा लेखापरीक्षको नियुक्ति तथा पारिश्रमिक तोक्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई अनुमोदन गर्ने छ । सभाले शेयरधनीलाई चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

हाल नेप्सेका चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । सभाले पारित गरेपछि कम्पनीले शेयरधनीलाई उक्त पुँजीको ४० प्रतिशतका दरले २० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

नेप्सेले उक्त सभामा जाने प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गरेको थियो ।