३५ प्रतिशत लाभांश घाेषणासँगै साल्ट ट्रेडिङ्ग कर्पोरेशनकाे शेयर मूल्य ओरालो

  २०७६ पौष २७ गते १:०४       विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । पुस २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले शेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजन समेत गरी १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

लाभांश घोषणासँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँले ओरालो लागेको छ । बिहीबार प्रतिकित्ता १९६९ रुपैयाँ रहेको कम्पनीको शेयर मूल्य करिब दुई घण्टामा घटेर प्रतिकित्ता १९२९ रुपैयाँमा झरेको छ ।