नेप्सेमा ५७ हजार कित्ता बोनस शेयर सूचीकृत

  २०७६ पौष २४ गते १:२३       विकासन्युज

काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ५७ हजार ६०० कित्ता शेयर सूचीकृत भएको छ । सो दिन जनउत्थान सामूदायिक लघुुवित्त वित्तीय संस्थाको सो मात्राको बोनस शेयर नेप्सेमा थपिएको हो ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी हाल ६ करोड ३३ लाख ६० हजार रुपैयाँ रहेको छ । हाल संस्थाको शेयर मूल्य प्रतिकित्ता एक हजार २६१ रुपैयाँ रहेको छ ।