हिमालयन जनरल इन्स्योरेन्सले साढे १० प्रतिशत लाभांश दिने

  २०७६ पौष १६ गते १:५५       विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले शेयरधनीलाई साढे १० प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५.५ प्रतिशत नगद लाभांश वितरण दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पुस १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब दुई करोड ७२ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब सात करोड ८५ लाख रुपैयाँ नाघ्ने छ ।