लुम्बिनी विकास बैंकले २० प्रतिशत लाभांश दिने, बोनसमा भन्दा नगदमा जोड

  २०७६ पौष ८ गते १:५९       विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजन समेत गरी १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले पुस ७ गते स्वीकृति दिईसकेको छ । राष्ट्र बैंकले स्वीकृत गरेको उक्त लाभांशलाई संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

संस्थाको आगामी वार्षिक साधारणसभा पुस २९ गते काठमाडौंको कालिकास्थित अमृतभोगमा बिहान ११ बजे बस्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाको पुस २३ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुने भएको छ ।