ज्योति विकास बैंकको पुस १६ गतेदेखि बुक क्लोज, साधारणसभामा जाँदै

  २०७६ पौष ८ गते १:३१       विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको आगामी पुस १६ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

विकास बैंकको १२औं वार्षिक साधारणसभा आगामी पुस २९ गते बस्दै छ । सभाले शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गर्दै छ । प्रस्तावित लाभांशदर हालसम्मै उच्च दर हो ।

हाल संस्थाको चुक्ता पुँजी तीन अर्ब १० करोेड रुपैयाँ रहेको छ । १२.७५ प्रतिशत बोनस शेयर पश्चात संस्थाको चुक्ता पुँजी तीन अर्ब ४९ करोड रुपैयाँ नाघ्ने छ ।