नेपाल टेलिकमले ४५ प्रतिशत नगद लाभांश दिने, कहिलेदेखि बुक क्लोज ?

  २०७६ पौष ८ गते १२:४६       विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम)ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४५ प्रतिशत नगद लाभांश दिने भएको छ । पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी १२औं वार्षिक साधारणसभा पुस २९ गते मंगलबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा दिउँसो १ बजे बस्दै छ । सो प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।

उक्त प्रस्तावित लाभांशदर गत ९ वर्ष यताकै न्युनतम हो । सो अवधिमा कम्पनीले न्युनतम ४६ देखि ५५ प्रतिशतसम्म नगद लाभांश वितरण गरेको थियो ।