ग्रामीण विकास लघुवित्तको पुस १४ गतेदेखि बुक क्लोज, साधारणसभामा जाँदै

  २०७६ पौष ४ गते ३:०८       विकासन्युज

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको आगामी पुस १४ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले सभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

संस्थाको आगामी अर्थात ५औं वार्षिक साधारणसभा पुस २५ गते बस्दै छ । उक्त सभा सो दिन बिहान साढे ११ बजे बुटवलमा बस्दै छ ।