प्राइम बैंकको एजीएम पुस २५ गते, कैलाश विकास बैंकलाई एक्वायर गर्ने विशेष प्रस्ताव

  २०७६ पौष ४ गते २:१४       विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकले आफ्नो १२औं वार्षिक साधारणसभा(एजीएम) आगामी पुस २५ गते बोलाएको छ । उक्त सभा सो दिन बिहान १० बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बस्ने भएको छ ।

सभामा बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव लैजाँदै छ । सभाले प्राप्ति गर्ने प्रयोजनको लागि शेयर स्वाप अनुपात(स्वाप रेसियो) पारित गर्ने र उक्त कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस सम्बन्धि गरिएको अन्तिम सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने बैंकको विशेष प्रस्तावलाई सभाले पारित गर्ने छ ।

त्यस्तै, बैंकले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई सभामा लैजाँदै छ ।

प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने निश्चित, सम्झौतापत्रमा हस्ताक्षर