साञ्जेनले फेरि बोलायो अर्काे साधारणसभा, किन स्थगित भयाे पहिलाे सभा ?

  २०७६ मार्ग ३० गते २:५७       विकासन्युज

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीले दोस्रो पटक वार्षिक साधारणसभा बोलाएको छ । यस अघि बोलाइएको साधारणसभा कोरम नपुगेर स्थिगित भएको थियो । कम्पनीले तीन दिन भित्र अर्को सूचनामार्फत पुनः वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले यस अघि मंसिर २७ गते काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट क्याफेमा नबौं वार्षिक साधारणसभा डाकेको थियो । उक्त सभामा कम्पनीको नियमावलीमा भएको प्रावधान बमोजिम ६७ प्रतिशत शेयरधनीको उपस्थिति हुन नसकेका कारण सभा स्थगित भएको कम्पनी सचिव सुशान्त बास्तोलाले बताएका छन् ।

त्यसैले मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुनः अर्को मिति तोकेको छ । समितिको निर्णय अनुसार कम्पनीले आगामी पुस १६ गते बुधबार आफ्नो नवौं वार्षिक साधारणसभा डाकेको छ ।

सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस १६ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।