यूनाईटेड मोदीले तोक्यो साधारणसभाको मिति, कहिलेदेखि बुक क्लोज ?

  २०७६ मार्ग ३० गते १:३६       विकासन्युज

काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले आगामी पुस २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित यूनाईटेड वर्ल्ड ट्रेड सेन्टरमा बस्ने भएको छ ।

सो प्रयोजनको लागि हाइड्रोले पुस ११ गतेदेखि पुस १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सभाले शेयरधनीलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत नगद लाभांश(कर सहित) दिने प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ ।