एभरेष्ट बैंककाे पुस ४ गतेदेखि बुक क्लोज

  २०७६ मार्ग २७ गते १२:११       विकासन्युज

काठमाडौं । एभरेष्ट बैंककाे आगामी पुस ४ गतेदेखि बुक क्लोज हुने भएकाे छ । बैंकले साधारणसभामा जाने प्रयाेजनकाे लागि साे  दिनदेखि पुस २३ गतेसम्म बुक क्लाेज गर्न लागेकाे हाे ।

बैंककाे वार्षिक साधारणसभा पुस २३ गते बस्दै छ । उक्त सभामा बैंकले शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने बैंक संचालक समितिकाे प्रस्तावलाई अनुमाेदन गर्दै छ ।

बैंकले गत आर्थिक वर्षकाे नाफाबाट शेयरधनीलाई कर प्रयोजनसहित २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेकाे छ । सभाले पारित गरेसँगै शेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् ।