पोखरा फाइनान्सको पुस १८ गते एजीएम, कहिलेदेखि बुक क्लोज ?

  २०७६ मार्ग २६ गते २:२८       विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सले आगामी पुस १८ गते वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । सो प्रयोजनको लागि संस्थाले पुस ४ गतेदेखि पुस १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

सभाले संस्थाको प्रस्तावित १४.२० प्रतिशत लाभांश पारित गर्दै छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ७.२० प्रतिशत नगद र ७ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी ९० करोड रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित लाभांशदर संस्थाले गत दुई वर्ष वितरण गरेको तुलनामा बढी हो । अघिल्लो वर्ष संस्थाले शेयरधनीलाई १३.६८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।