विजय लघुवित्तको लाभांश संसोधन, बोनसदर बढ्याे

  २०७६ मार्ग २३ गते १:५०       विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संसोधन गरेको छ । मंसिर २२ गते बसेको संस्थाको संचालक समितिको बैठकले गत आर्थिक वर्षको लाभांश संसोधन गरेको हो ।

संसोधन भएसँगै संस्थाले शेयरधनीलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यसअघि संस्थाले शेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद दिने प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपने छ ।

हाल संस्थाको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी २१ करोड ४२ लाख रुपैयाँ पुग्ने छ ।