लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन

  २०७६ मार्ग २३ गते १२:०६       विकासन्युज

काठमाडौं । सोमबार लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । यी दुई संस्थाको बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

जसमध्ये लक्ष्मी बैंकको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता १९८ रुपैयाँ रहेको छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकको १७.६० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता २६५.३१ रुपैयाँ रहेको छ ।