ओरियन्टल होटलको बोनस शेयर सूचीकृत

  २०७६ मार्ग २२ गते ३:३२       विकासन्युज

काठमाडौं । ओरियन्टल होटल लिमिटेडको ५ लाख ३७ हजार १८५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । संस्थाको आइतबार मात्र सो मात्राको शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो ।

काठमाडौंमा रहेको यस होटलको एक अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । हालसम्म एक कम्पनीको करोड १२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।