चौतारी लघुवित्तको शेयर मूल्य समायोजन

  २०७६ मार्ग २२ गते ११:५१       विकासन्युज

काठमाडौं । आइतबार चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ४३३.६४ रुपैयाँ रहेको छ । रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी १९ करोड ९० लाख रुपैयाँ रहेको छ ।