रिडी हाइड्रो र गणपति माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

  २०७६ मार्ग १९ गते १२:४१       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको शेयर मूल्य समायोजन भएको छ । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयरपछिको मूल्य समायोजन भएको हो ।

रिडी हाइड्रोको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ६८.५७ रुपैयाँ रहेको छ ।

त्यस्तै, गणपति माइक्रोफाइनान्सको ७ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ४६२.६२ रुपैयाँ रहेको छ ।