ज्योति विकास बैंकका शेयरधनीलाई हालसम्मकै उच्च लाभांश, १२.७५ प्रतिशत बोनस प्रस्ताव

  २०७६ मार्ग १९ गते १२:१८       विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकका शेयरधनीले हालसम्मकै उच्च लाभांश पाउने भएका छन् । संस्थाले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव संस्थाको हालै सम्पन्न संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीले सो मात्राको बोनस शेयर पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी तीन अर्ब १० करोेड रुपैयाँ रहेको छ । १२.७५ प्रतिशत बोनस शेयर पश्चात संस्थाको चुक्ता पुँजी तीन अर्ब ४९ करोड रुपैयाँ नाघ्ने छ ।

यस्तो छ ज्योति विकास बैंकको लाभांशदरको इतिहास: