एनआईसी एशिया र माछापुच्छ्रे बैंकको ४९ लाख कित्ता ऋणपत्र सूचीकृत

  २०७६ मार्ग १८ गते ६:५२       विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक र माछापुच्छ्रे बैंकको कूल ४९ लाख ४३ हजार ६९० कित्ता ऋणपत्र सूचीकृत भएको छ । बुधबार मात्रै यी दुई बैंकको सो मात्राको ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

जसमध्ये एनआईसी एशिया बैंकको १९ लाख ४३ हजार ६९८ कित्ता र माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा थपिएको हो ।

यी दुबै बैंकको १०.२५ प्रतिशत सहितको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।