यूनाईटेड फाइनान्सले साढे १० प्रतिशत लाभांश दिने

  २०७६ मार्ग १८ गते ११:४०       विकासन्युज

काठमाडौं । यूनाईटेड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले ३ प्रतिशत बोनस शेयर र कर सहित ७.५२६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव मंसिर १७ गते बसेको संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । ३ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी बढेर ८२ करोड ४१ लाख रुपैयाँ नाघ्ने छ ।