महिला सहयात्रा लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस र नगद बराबर

  २०७६ मार्ग १७ गते २:३८       विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद(कर सहित) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपश्चात मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्ने छ ।