आरम्भ लघुवित्तको वार्षिक साधारणसभा पुस ९ गते, बुक क्लोज कहिले ?

  २०७६ मार्ग १७ गते १:२९       विकासन्युज

काठमाडौं । आरम्भ लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारणसभा पुस ९ गते गर्ने भएको छ । उक्त सभा सो दिन बिहान बनेपास्थित पञ्चकन्या बैन्केटमा बस्ने निर्णय भएको हो ।

सभामा जाने प्रयोजनका लागि संस्थाले आगामी मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म सेयर कारोबार बन्द(बुक क्लोज) गर्ने निर्णय गरेको छ । संस्थाले सेयरधनीलाई ७.३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २ लाख ३३ हजार नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने भएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । साथै, आरम्भ लघुवित्त र चौतारी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्तावलाई समेत सभामा लैजाने भएको छ ।