चौतारी लघुवित्तको वार्षिक साधारणसभा पुस ९ गते, मंसिर २२ गतेदेखि बुक क्लोज

  २०७६ मार्ग १६ गते १:५७       विकासन्युज

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी पुस ९ गते बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ बजे रुपन्देहीको बुटवलस्थित दियालो फुडल्याण्डमा बस्ने भएको छ ।

सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर २२ गतदेखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
सभाले सेयरधनीलाई १०.८९ प्रतिशत नगद र ७ प्रतिशत बोनस गरी १९.८९ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने भएको छ ।

साथै, चौतारी लघुवित्त र आरम्भ लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चात “आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड” नामबाट वित्तीय कारोबार गर्ने प्रस्ताव सभामा लैजाँदै छ । सभाले दुई संस्था एक आपसमा गाभिएपश्चात बन्ने “आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड”को शेयर स्वामित्व अनुपात ६३.६६ प्रतिशत(संस्थापक) र ३६.३४ प्रतिशत(सर्वसाधारण) रहने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने छ ।