फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले गत वर्षकै लाभांश दोहोर्यायो, ४५% वितरण गर्ने

  २०७६ मार्ग १६ गते १२:४४       विकासन्युज

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३२.५० बोनस शेयर र १२.५० प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ३७ करोड ७३ लाख रुपैयाँ रहेको छ । ३२.५० बोनस शेयर पश्चात संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ नाघ्ने छ ।

गत वर्ष ४५ प्रतिशत लाभांश(२५ प्रतिशत बोनस र २० प्रतिशत नगद) वितरण गरेको संस्थाले यसपाली पनि सोही लाभांश दोहोर्याएको हो ।