सिभिल बैंकको मंसिर २३ गतेदेखि बुक क्लोज

  २०७६ मार्ग १५ गते १:४७       विकासन्युज

काठमाडौं । सिभिल बैंकको आगामी मंसिर २३ गतेदेखि बुक क्लोज हुँदै छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि साधारणसभा सम्पन्न नभएसम्म बुक क्लोज गर्न लागेको हो ।

बैंकको आगामी वार्षिक साधारणसभा पुस ६ गते हुँदै छ । बैंकको उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको डिल्लीबजार स्थित अमृतभोगमा बस्न लागेको हो ।