नेपाल बङ्गलादेश बैंकको साधारणसभा पुस ७ गते, कहिले हुँदै छ बुक क्लोज ?

  २०७६ मार्ग १५ गते १:३२       विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको वार्षिक साधारणसभा आगामी पुस ७ गते बस्दै छ । उक्त सभा सो दिन बिहान १० बजे काठमाडौंको राष्ट्रिय सभागृहमा बस्न लागेको हो ।

सभामा जाने प्रयोजनको लागि बैंकले आगामी मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सभाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने भएको छ ।