पोखरा फाइनान्सले १४ प्रतिशत लाभांश दिने

  २०७६ मार्ग १३ गते १:२३       विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सले शेयरधनीलाई १४.२० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाले हालको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी ७.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी ९० करोड रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित लाभांशदर संस्थाले गत दुई वर्ष वितरण गरेको तुलनामा बढी हो । अघिल्लो वर्ष संस्थाले शेयरधनीलाई १३.६८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।